लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ करोडको हकप्रद शेयर निष्काशन गर्दै – Nepal Press

लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ करोडको हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले २ करोड ४३ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले साविकका शेयरधनीलाई प्रति शेयर १ सय रुपैयाँका दरले २ करोड ३४ लाख ६८ हजार कित्ता शेयरको निस्काशन गर्न लागेको हो ।

कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंक्ङि नियुक्त गरेको जनाइएको छ ।

आइतबार पुतलीसडक, काठमाण्डौमा आयोजित समारोहमा बैंकका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर