बागमतीका मुख्य न्यायाधिवक्ता नेपालले लिए शपथ


हेटौंडा । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले शपथ ग्रहण गरेका छन् ।
सोमबार हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा उनलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
नेपाल माघ १२ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा सिन्धुपाल्चोक चौतारा साँगाचौकीगढी नगरपालिका १४ का नेपाललाई प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
सोमबार भएको शपथ कार्यक्रममा प्रदेश प्रमुख शर्मा, मुख्यमन्त्री जम्मकट्टेललगायतको उपस्थिति रहेको थियो ।