सीतापाइलामा मिनी बस र सुमो दुर्घटनामा घाइते एक जनाको मृत्यु

२०७९ माघ १६ गते १४:१८

काठमाडौं। काठमाडौंको सीतापाइलामा विपरित दिशाबाट आइरहेका मिनी बस र सुमो दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।
कलङ्कीबाट सिीतापाइला गइरहेको बा २ ख ८३६८ नम्बरको मिनी बस र ना १ ज ३४२१ नम्बरको सुमो ठोक्किँदा घाइते भएकी रसुवाको गोसाइकुण्ड-६ स्थायी घर भई काठमाडौंको पुतलीसडक बस्दै आएकी ५१ वर्षीया यायाल्म घलेको उपचारको क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा घाइते अर्का एक पनि गम्भीर रहेका छन्। ३ जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर