सुराकी संरक्षण र सार्वजनिक पदमा बस्नेको स्वार्थ बाझिन नदिने कानून बन्दै – Nepal Press

सुराकी संरक्षण र सार्वजनिक पदमा बस्नेको स्वार्थ बाझिन नदिने कानून बन्दै

सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि कानून मन्त्रालयले थाल्यो विधेयक मस्यौदा

काठमाडौं । कानून मन्त्रालयले सूचनादाता/सुराकीको संरक्षण र स्वर्थ बाझिने अवस्था निवारण सम्बन्धी दुई विधेयक मस्यौदाका लागि नेपाल कानून आयोगमा पठाएको छ । यी दुई कानून नहुँदा नेपालको अन्तर्राष्ट्रिय छबिमा समेत प्रश्न उठ्ने गरेको छ ।

सरकारको न्युनतम साझा कार्यक्रममा उल्लेखित विषय कार्यन्वयनका लागि तत्कालै मन्त्रालयले यी दुई विधेयक मस्यौदाका लागि मन्त्रीस्तरीय निर्णयमार्फत आयोगमा पठाएको मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतमले नेपाल प्रेसलाई जानकारी दिए ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धीको कार्यन्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ मा सुराकी संरक्षण सम्बन्धी छुट्टै कानून निर्माण गर्नुपर्ने उल्लेख छ ।

भारत तथा युरोपेली मुलुकहरुमा सुराकी संरक्षण सम्बन्धी छुट्टै कानून कार्यन्वयन रहेकोमा नेपालमा पनि सो कानूनी व्यवस्था गर्न लागिएको गौतमले बताए ।

त्यस्तै सार्वजनिक पदधारण गर्ने व्यक्तिको नियुक्तिमा स्वार्थ बाझिने अवस्था (कन्फ्लिक्ट अफ इन्टरेस्ट) लाई नविारण गर्ने सम्बन्धमा पनि एकीकृत कानून बनाउन लागिएको हो ।

विभिन्न मुलुकका अभ्यास तथा नेपाल को आवश्यकताको अध्ययन तथा विश्लेषण गरी ती दुई कानूनका लागि आवश्यक अवधारणापत्र र मस्यौदा तयार गर्न मन्त्री ध्रुवबहादुर प्रधानले सोमवार निर्णय गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *