सिन्धुलीमा ‘मिनी नगर’ निर्वाचन- कांग्रेस माओवादी गठबन्धन हराउँदै एमालेका देवकोटा विजयी – Nepal Press

सिन्धुलीमा ‘मिनी नगर’ निर्वाचन- कांग्रेस माओवादी गठबन्धन हराउँदै एमालेका देवकोटा विजयी

सिन्धुली । केन्द्रमा एमाले र माओवादीबीच सत्ता साझेदारी भए पनि सिन्धुली जिल्लामा भने तत्कालीन कांग्रेस–माओवादी गठबन्धन कायमै रहेको छ ।

मिनी नगरपालिका चुनाव मानिने जिल्लाको सबैभन्दा ठूलो खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चुनावमा कांग्रेस–माओवादी गठबन्धनलाई एमालेले पराजित गरेको छ ।

कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार पराजित गर्दै सिद्धेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा एमालेका घनश्याम देवकोटा निर्वाचित भएका हुन् ।

मिनी नगर इलेक्सनको रूपमा हेरिएको निर्वाचनमा एमालेका घनश्याम देवकोटाले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट साझा उम्मेदवार बनेका काँग्रेसका सुरज मिश्र (शेखर) लाई २ सय ८१ मतले पराजित गरेका हुन्। देवकोटा १ हजार ६२ मत सहित विजय भएका छन् भने मिश्रले ७८१ मत प्राप्त गरेका थिए। त्यसैगरी स्वतन्त्र उम्मेदवार लोक विक्रम थापाले ४०१ मत पाएका थिए। ९८ मत बदर भएको छ ।

संस्थाको बहुमत सदस्य पनि एमालेका उम्मेदवार विजयी भएका छन् । विधान अनुसार अध्यक्ष सहित ५ खुल्ला सदस्य र ३ महिला सदस्य पदको लागि निर्वाचन भएको थियो थियो।

सदस्यहरूमा एमालेका शारदा ढकाल (चौलागाई), सुमना थापा, इन्द्र बहादुर भुजेल, दशरथ कुमार थापा र कपिल कुमार श्रेष्ठ विजयी भएका छन्। त्यसैगरी, काँग्रेसका चन्द्रकला खड्का र लवदेव जोशी विजयी भएका छन् ।

यता स्वतन्त्र उम्मेदवार विज्ञान ढकाल विजयी हुँदा गठबन्धनमा माओवादीको तर्फबाट उम्मेदवार बनेका सबै उम्मेदवार पराजित भएका छन् । यस निर्वाचनलाई एमाले र काँग्रेस माओवादीबीचको गठबन्धनले प्रतिष्ठाको रूपमा लिइएको थियो ।

सिद्धेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सिन्धुलीको कमलामाई नगरपालिकाका ४, ५ ,६ र ७ वडाहरूका कुल २हजार ८ सय ९३ उपभोक्ता रहेका छन्। गत शनिवार भएको निर्वाचन २ हजार ३ सय ४२ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर