धोकाधडीको राजनीतिले कसैलाई फाइदा गर्दैन : बास्कोटा – Nepal Press

धोकाधडीको राजनीतिले कसैलाई फाइदा गर्दैन : बास्कोटा

विराटनगर । नेकपा एमालेका नेता गोकुल बास्कोटाले धोकाधडीको राजनीतिले कसैलाई पनि फाइदा नपुग्ने बताएका छन् ।

विराटनगरमा नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले धोकाधडीको राजनीतिको बारेमा सोच्नै नहुने बताएका हुन् ।

उनले नेकपा एमाले र माओवादीबीच सत्ता समीकरण बनाउने क्रममा एमालेले सभामुख र राष्ट्रपति पाउने सहमति भए अनुसार नै अहिलेको समीकरण अघि बढ्ने बताए ।

‘सधैँ षड्यन्त्र र घोकाधडीको राजनीति गरेर हुँदैन’, उनले भने ‘यसले नागरिकमा वितृष्णा उत्पन्न भई देश अकल्पनीय दुर्घटनामा पनि जान सक्छ ।’

उनले आगामी फागुन २८ गते भित्र राष्ट्रपति देशले पाउनै पर्ने कानुनी व्यवस्था रहेको जानकारी दिँदै त्यो मितिसम्ममा राष्ट्रपतिको निर्वाचन हुने बताए ।

‘त्यो मितिमा राष्ट्रपतिको निर्वाचन हुँदैन की भनेर शंका गर्ने र कसैलाई उत्तेजित गर्नु पर्दैन’, उनले भने ‘एमाले घात प्रतिघातको राजनीतिमा विश्वास गर्दैन ।’

कसैले घात प्रतिघात गर्‍यो भनेँ त्यसको भोलि मूल्याङ्कन हुने बताए ।

उनले हिजोको गठबन्धनलाई आर्टिफिसियल भनेका उनले अहिलेको गठबन्धन नेचुरल भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर