सिरहामा ब्राउन सुगरसहित ९ जना पक्राउ – Nepal Press

सिरहामा ब्राउन सुगरसहित ९ जना पक्राउ

जनकपुरधाम। सिरहा प्रहरीले नवराजपुर गाउँपालिका २ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ओम प्रकाश यादवको घरमा छापा मारेर ईलाका प्रहरी कार्यालय झाँझपट्टीको प्रहरी टोलीले ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदन कुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका ५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका १ का १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका १२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भूनाथ नगरपालिकाका २२ वर्षीय सुरेश कुमार पासमान रहेका छन् ।

उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाईल ८ थान, मोटरसाईकल ४ थान र नगद ४ हजार ८८५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर