अनेरास्ववियु महाधिवेशनको तयारीका लागि जनपरिचालन कमिटी गठन – Nepal Press

अनेरास्ववियु महाधिवेशनको तयारीका लागि जनपरिचालन कमिटी गठन

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । अनेरास्ववियुले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न एक हजार एक सय ११ सदस्यीय सम्मेलन जनपरिचालन कमिटी गठन गरेको छ ।

नेपाल ल क्याम्पसमा आइतबार अध्यक्ष सुनिता बरालको अध्यक्षता आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलाले उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा जनपरिचालन समिति गठन गरेको हो ।

समितिमा केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, उपत्यकाका तीनवटै जिल्ला कमिटी र उपत्यकाका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस कमिटीका अध्यक्ष रहेको अनेरास्ववियु प्रचार विभाग सचिव नवराज ढकालले जानकारी दिए ।

यसैगरी देशभरिका सबै क्याम्पसहरू प्रत्येक जिल्लाका मुख्य सहरहरू र प्रदेश राजधानीमा प्रचार ब्यानर सहित प्रचारका विभिन्न गतिविधि गर्न विशेष सर्कुलर जारी भएको उनले बताए ।

देश भरिका करिब१७ सय प्रतिनिधिको उपस्थितिमा अनेरास्ववियुको महाधिवेशन आउँदो फागुन २ गते प्रज्ञा भवन काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अनेरास्ववियुका प्रचार विभाग प्रमुख नरेश रोकायाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर