पोखरामा आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा निधन

२०७९ माघ १६ गते १२:२९

पोखरा । पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका-१३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ ।
आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक सुभाष तिमिल्सिनाले बताए ।
घाइते पुरुषको भने उपचार भइरहेको तिमिल्सिनाको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर