साना किसान लघुवित्त र आरएमडिसीलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति – Nepal Press

साना किसान लघुवित्त र आरएमडिसीलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका छन् ।

साना किसान र आरएमडीसीले गत भदौ ३१ गते एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता गरेका थिए । यी दुई लघुवित्तले १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका छन् ।

आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर