अग्रता जोगाउन नसक्दा रेइम्ससँग बराबरीमा रोकियो पीएसजी – Nepal Press

अग्रता जोगाउन नसक्दा रेइम्ससँग बराबरीमा रोकियो पीएसजी

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) अग्रता जोगाउन नसक्दा लिग वान अन्तर्गत रेइम्सविरुद्धको खेलमा बराबरीमा रोकिएको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा रेइम्ससँग १–१ गोलको बराबरीमा रोकिएसँगै पीएसजी अंक बाँड्न बाध्य भएको हो ।

खेलको ५१औँ मिनेटमा नेइमारको गोलमा पीएसजीले अग्रता लिएको थियो । मार्को भिराट्टीले ५९औँ मिनेटमा रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

खेलको इन्जिरी समयमा रेइम्सका फोलारिन बालोगनले बराबरी गोल फर्काउँदै टिमलाई हारबाट जोगाएका थिए ।
बराबरीसँगै पीएसजी २० खेलमा १५ जित ३ बराबरी र दुई हारको नतिजासहित ४८ अंकसहित शीर्ष स्थानमा रहेको छ । जुन दोस्रो स्थानको लेन्स भन्दा तीन अंक बाढी हो । लेन्सको ४५ अंक रहेको छ ।
रेइम्स २० खेलमा ५ जित ११ बराबरी र ४ हारको नतिजासहित २६ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *