समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नु नै सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली : सभामुख घिमिरे – Nepal Press

समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नु नै सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन् ।

सहिद दिवसका अवसरमा सोमबार एक सन्देशमार्फत उनले नेपालको लोकतन्त्र प्राप्तीका लागि प्राणको आहुति दिने चार सहिदप्रति श्रद्धान्जली व्यक्त गरे ।
‘नेपाली जनताको अधिकार प्राप्तीको संघर्षमा चार सहिदहरूको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु’ सभामुख घिमिरेले भने ‘उहाँहरूकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौं । ’

घिमिरेले मुलुकमा राजनीतिक संघर्षको समय सकिएर विकास र समृद्धिको समय आएको बताएका छन् । ‘सुखी नेपाली समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमात्र सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर