स्ववियू चुनाव मिसनमा क्रान्तिकारी विद्रोही समूह : पञ्चाले संगठन एक पार्न नसक्ने भन्दै पार्टीको ध्यानाकर्षण – Nepal Press

स्ववियू चुनाव मिसनमा क्रान्तिकारी विद्रोही समूह : पञ्चाले संगठन एक पार्न नसक्ने भन्दै पार्टीको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) विद्रोही समूहको उपत्यका विशेष प्रदेश समितिको पूर्ण बैठक बानेश्वर क्याम्पसमा बसेको छ ।

संगठनकै केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा जिल्ला संयोजक इन्चार्जहरू र उपत्यकाका १५ क्याम्पस समितिका अध्यक्षहरूसँग रिपोर्टिङ भएको थियो ।

जिल्ला, क्याम्पस कमिटीको भेला तथा बैठक, विस्तार अभियान , रिभोलुसनरी फोर्स गठन, स्ववियु निर्वाचन र  मुखपत्र प्रकाशनसम्बन्धी विषयमा पनि छलफल भएको थियो ।

पूर्ण बैठकलाई सम्बोधन गर्दै कार्कीले संगठन विस्तारमा सक्रियलाई अवसर दिने र निष्क्रियलाई ससम्मान बिदा गरिने बताए । स्ववियू निर्वाचनको लागि यसम्यानलाई मात्र नभई क्याम्पस समितिका सदस्यहरूलाई नै उम्मेदवार बनाएर अघि बढ्ने उनले बताए ।

कार्कीले यो पटक स्ववियू निर्वाचनबाट क्रान्तिकारीलाई एक नम्बर बनाउने प्रण गरे ।

पञ्चा सिंहबाट एकीकृत अखिल (क्रान्तिकारी) हाँक्न सक्ने सम्भावना नरहेको दाबी गर्दै प्रवक्ता उपदेश यादवले पार्टी कमिटीले तत्काल सिंहलाई बर्खास्त गर्दै स्ववियू निर्वाचनको समयमा संगठनलाई एक बनाउन भूमिका खेल्नुपर्ने औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर