मधेसका मुख्य न्यायाधिवक्ता ठाकुरद्वारा पदभार ग्रहण


जनकपुरधाम । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त वीरेन्द्रकुमार यादवले आइतबार पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।
मुख्य न्यायाधिवक्तामा नियुक्त ठाकुरले उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीशसमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुर सिरहा निवासी हुन् । जनता समाजवादी पार्टी (जसपा) निकट रहेकैले ठाकुरलाई मुख्यमन्त्री यादवले नियुक्त गरेको बुझिएको छ ।