जोकोभिचले जिते अष्ट्रेलियन ओपन, नाडालको २२औं ग्रान्डस्लाम कीर्तिमानसँग भयाे बराबर – Nepal Press

जोकोभिचले जिते अष्ट्रेलियन ओपन, नाडालको २२औं ग्रान्डस्लाम कीर्तिमानसँग भयाे बराबर

काठमाडौं । अस्ट्रेलियन ओपनको फाइनलमा स्टेफानो सित्सिपासलाई सोझो सेटमा पराजित गर्दै नोभाक जोकोभिचले २२औं ग्रान्डस्लाम जितेका छन् ।

आइतबार दिउँसो रोड लेभर एरेनामा सम्पन्न फाइनलमा सित्सिपासलाई पराजित गरेसँगै जोकोभिचले राफेल नाडालको सर्वाधिक २२औं पटक ग्रान्डस्लाम जितेको कीर्तिमान बराबर गरेका छन् ।

पहिलो सेट ६-३ ले जितेका जोकोभिचले बाँकी दुई सेट टाइब्रेकरसम्म कुर्नुपरेको थियो । दोस्रो सेट ६-७ (४-७) र अन्तिम सेट ६-७ (५-७) मा जितेका जोकोभिच १०औं पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका हुन् ।

गत वर्ष अस्ट्रेलियन ओपन खेल्न अस्ट्रेलिया पुगेका जोकोभिचलाई कोभिड १९ विरुद्धको खोप नलगाएका कारण अस्ट्रेलियन सरकारले प्रतियोगिता सुरू हुन एक दिन बाँकी रहँदा सर्बिया फर्काएको थियो ।

यो वर्ष कोभिड १९ विरुद्धको भ्याक्सिन अनिवार्य नभएपछि खेल्ने मौका पाएका जोकोभिच च्याम्पियन बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *