अखिल पदाधिकारीलाई ओलीको निर्देशन- एमालेमा गुटबन्दी छैन, नेतृत्वमा स्वस्थ प्रतिस्पर्धा गर्नू – Nepal Press

अखिल पदाधिकारीलाई ओलीको निर्देशन- एमालेमा गुटबन्दी छैन, नेतृत्वमा स्वस्थ प्रतिस्पर्धा गर्नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अहिले कुनै गुटको अस्तित्व नरहेको भन्दै जनसंगठनहरूमा पनि गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

स्ववियू चुनावका सन्दर्भमा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी अनेरास्ववियूका पदाधिकारीहरुलाई अध्यक्ष ओलीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिए ।

ओलीले एमालेमा कुटै गुट नरहेको र गुटबन्दीलाई स्थान समेत नरहेको भन्दै अनेरास्ववियुको महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न विद्याथर्जी नेताहरूलाई आग्रह गरे ।

ओलीको भनाइ उदृत गर्दै अखिल इन्चार्ज माधव ढुंगेलले भने, ‘पार्टीमा गुट छैनन् । एउटै नीति र नेतृत्वमा एउटै लयमा पार्टी चलेको छ । अखिलमा पनि गुटबन्दी नगर्नुस् । स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने हो । एकताबद्ध अखिलले स्ववियु चुनाव जित्नुपर्छ ।’

अनेरास्ववियुको महाधिवेशन फागुन २ र ३ गते काठमाडौंमा हुँदैछ । अध्यक्षका लागि आरसी लामिछाने र समिक बडालबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै झपिन्द्र खत्री,मोती विक,उमेश आचार्य,लोकेश निरौलाले पनि अध्यक्षमा दाबी गरेका छन् ।

त्यस्तै महासचिवमा कल्पना वाइबा, रेश रोकाय, सुदर्शन शिवाकोटी गोविन्द गिरी, नारायण घर्तीलगायतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *