छिट्टै आमसञ्चार प्रतिष्ठान गठन गर्न विधयेक ल्याउँछाैं : कानूनमन्त्री जिसी – Nepal Press

छिट्टै आमसञ्चार प्रतिष्ठान गठन गर्न विधयेक ल्याउँछाैं : कानूनमन्त्री जिसी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी (जितेन्द्र) ले प्रदेश सरकारले अब छिट्टै आमसञ्चार प्रतिष्ठान गठनका लागि विधयेक ल्याउने बताएका छन् ।

सुर्खेतमा आइतबार नेपाल प्रेस सेन्टरको १९ औँ स्थापनाको अवसरमा बोल्दै मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउने बताएका हुन् ।

उनले पत्रकारिता जगतमा देखिएका पत्रकारका गुनासा आगामी बजेटबाट सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा आवश्यकता अनुसार परामर्श गरिने जानकारी दिए ।

सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामूलक कार्यक्रमसहितका सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको उनको भनाइ छ। उनले कर्णालीका जनतालाई सत्य सूचना र खबरदारी गर्न कर्णालीका पत्रकारहरूले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर