नेप्सेमा दोहोरो अंकको गिरावट – Nepal Press

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौ‌ । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबार नेप्से १४‍.६८ अङ्कले घटेर २ हजार १६८‍.५३विन्दूमा बन्द भएको छ ।

आजको कारोबारमा ८२ लाख ७६ हजार ७५१ कित्ता शेयरको किनबेच हुँदा ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यसैगरी लुम्बिनी जनरल इन्सोरेन्स र बाराही हाइड्रोपावर कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । होटल एण्ड टुरिजम समूह र लाइफ इन्स्योरेन्सबाहेक सबै समूह घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर