रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो

२०७९ माघ १५ गते १४:१६

काठमाडौं । जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पुनःस्थापित हुने भएका छन् । आजै केन्द्रीय समिति बैठक बसेर उनलाई सभापति बनाउने तयारी गरिएको हो ।
दिउँसो ३:३० बजे केन्द्रीय समिति बैठक बोलाइएको स्रोतले जानकारी दियो । सो बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने स्रोतको भनाइ छ । शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर