कर्णालीको गौरवको आयोजना प्रादेशिक रंगशाला निर्माण तीव्र – Nepal Press

कर्णालीको गौरवको आयोजना प्रादेशिक रंगशाला निर्माण तीव्र

कर्णालीवासी र खेलाडीका लागि चाडपर्व जस्तै होः मन्त्री टेकराज पछाई

सुर्खेत । कर्णाली प्रदेशको गौरवको आयोजना प्रादेशिक रङ्गशाला निर्माणको काम चुस्त गतिमा अगाडि बढेको छ ।

२०८१ साल मङ्सिर २ गतेबाट सञ्चालन हुने दसौँ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चुस्त गतिमा रङ्गशालाको निर्माण कार्य अगाडि बढेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने उक्त प्रतियोगितामा कर्णालीले खेलकुदलाई पनि तीव्रता दिएको छ ।

प्रादेशिक रङ्गशालाको २०७८ साल मङ्सिर २० गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । उक्त परियोजना २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । त्यसका लागि प्रदेश सरकारले १ अर्ब ५९ करोड बजेट छुटाइएको छ ।

हाल निर्माण कम्पनीले प्रदेश सरकारको १ अर्ब ५९ करोड बजेटमा निर्माण कार्य गर्दै आएको छ । एमयसी जेएस निर्माण कम्पनीले रङ्गशालाको ठेक्का लिएको हो । अहिलेसम्मको कार्य प्रगति ३२ प्रतिशत भएको छ भने २५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

हालसम्म फुटबल मैदान, एथलेटिक्सको वेस तयार, भ्याइपी प्याभलिङ्गको ट्राभिसिङ्गको वेसमेन्ट, सुइमिङ्ग पुलको सिभिल स्टकचर, मल्टीप्रपोच कर्भडहलको ढलान, सिभिल स्टक्चरको काम ८० प्रतिशत सम्पन्न भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जालले जानकारी दिए ।

उनले भने, ‘लक्ष्य अनुसार राम्रै प्रगति पनि भइरहेको छ ।, ‘तर यो प्रोजेक्टको निर्माण कार्य ढिलो सके जरिवाना र छिटो सके बोनस दिने गरेर सम्झौता भएको हुँदा समय अवधिभन्दा अगाडि सक्ने गरेर निर्माण कम्पनी अगाडि बढेको छ ।’ उक्त योजना वि।सं। २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी काम भइरहेको छ ।’

प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरेको हुँदा सरकारले यसको अपनत्व लिने सञ्जालले बताए ।

राखेपका पूर्व इन्जिनियर समेत रहेका सञ्जालका अनुसार १०औँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतका सबै होटलले धान्न सक्ने अवस्था छैन ।

उनले भने, ‘कर्णालीका जिल्लाहरूमा खेलकुद विकेन्द्रित गरियो भने, यहाँको बसोबासले धान्न सक्छ ।, केही अपुग भयो भने अरू व्यवस्थापन गरिने छ ।’

पूर्वाधार निर्माण गर्दा दीर्घकालीन महत्त्वलाई पनि प्राथमिकता दिइएको छ ।

कुन खेल कहाँ हुने भनेर अहिले नै स्थान तोकिएको छैन । तर सम्भावित खेलका पूर्वाधारहरू सम्बन्धित जिल्लाहरूमा बनाएर जुन सकै खेलहरू खेलाउन सकिने अवस्था रहेको सदस्य सचिव सञ्जालले बताए ।

उनले भने, ‘जुन जिल्लामा चर्चित खेल छ, त्यो जिल्लामा त्यही पूर्वाधार बनाउँदा कर्णालीमा टिम बलियो बन्ने र त्यो जिल्लाबाट खेलकुदको विकासका लागि सजिलो हुने हुँदा उक्त जिल्लामा कभर्ड हल, खेल मैदान बनाउनमा जोड दिनु पर्छ ।’

दसौँ राष्ट्रिय खेलकुदमा कर्णालीले खेलकुदको विकास गर्दै खेलमा बढोत्तरी गर्नु पर्ने कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जाल बताउँछन् ।

प्रशिक्षणका कार्यक्रमलाई अगाडि बढाउने र प्रशिक्षक व्यवस्थित गर्ने, अन्तर प्रदेश, अन्तर जिल्लामा प्रतियोगिताको आयोजना गर्‍यो भने यसले गर्दा नवअंको भन्दा थप सुधार गर्न सकिने सञ्जालको भनाइ छ । नवअंको भन्दा राम्रो गर्नका लागि खेलमा सुधार गरेर लैजाने उनी बताउँछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले यस वर्ष डीपीआरको काम गर्ने बताए । चालु आर्थिक वर्षमा लोगो र मस्केट सार्वजनिक गर्ने जानकारी दिए ।

त्यस्तै, कुन कुन खेल कहाँ कहाँ गरिने भनेर कर्णाली प्रदेश खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्बिच प्रारम्भिक चरणको बैठक सम्पन्न भएको घिसिङले बताए ।

उनले भने, अझै यस विषयमा प्रस्ट हुन बाकी नै रहेको छ । त्यस्तै, प्रदेश खेलकुद परिषद्को प्रस्तावमा यो आर्थिक वर्षमा १ करोड बजेट कहाँ खर्च गर्ने भनेर कार्यान्वयनमा अगाडि बढेको छ । प्रदेश सरकारले खेलकुदलाई दिएको प्राथमिकता उच्च प्रशंसा गर्न चाहेको घिसिङले भने ।’

प्रदेश सरकारको तयारी कस्तो छ ?

कर्णाली प्रदेशले दसैँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा गौरवको विषय भएको नवनियुक्त सामाजिक विकास मन्त्री टेकराज पछाइले बताए ।

कर्णालीवासी र खेलाडीका लागि चाडपर्व जस्तै भएको उनले बताए । उक्त प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्ने उनको सोच छ । २०८१ साल भाद्र सम्म सम्पूर्ण तयारी पुरा गर्ने उनको भनाइ छ ।

उनले भने, ‘कुन खेल कहाँ गर्ने भने उक्त खेलाइ चाहिने पूर्वाधार ०८१ को ज्येष्ठ, असार सम्म तयारी पुरा गर्ने र कुन जिल्लामा कुन खेलको जिम्मेवारी दिने भन्ने विषयमा छलफल गर्ने छौँ । प्रादेशिक रंङ्गशालाई दूतगत गतिका अगाडि बढेको छ । रंङ्गशालको अनुगमन निरीक्षण र केही समस्या परेका सजीकरण गर्ने छु ।’

बजेट अपुग भएमा त्यसलाई व्यवस्थित गर्न अझै सङ्घ सँग पहल गर्ने र प्रदेश सरकारले पनि सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर