स्पट फिक्सिङमा क्यानलाई दोषी देखाउंँदै विद्रोही सदस्यले मागे अध्यक्षसहित पदाधिकारीको राजीनामा – Nepal Press

स्पट फिक्सिङमा क्यानलाई दोषी देखाउंँदै विद्रोही सदस्यले मागे अध्यक्षसहित पदाधिकारीको राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ७ जना सदस्यले अध्यक्षसहित ५ पदाधिकारीको राजीनामा माग गरेका छन् ।

क्यानका केन्द्रीय सदस्यहरु रिसिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लसहितको राजिनामा मागेका हुन्।

‘हिजो हामीले गल्ती हुन सक्छ भन्दै सचेत गराएका थियौँ, आज आएर उहाँहरुले त्यो गल्ती स्वीकार गर्नुभएको छ । त्यसैले उहाँहरुले जानाजान गल्ती गर्नुभएको हो । हामीले पटकपटक सचेत गराएका थियौँ, तर उहाँहरूले जबर्जस्ती निर्णय गर्नुभयो’, उक्त समूहले आज पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि क्यानका अध्यक्ष चन्दसहितका पदाधिकारीले माघ १२ गते पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सन्चालनमा गल्ती भएको स्वीकारेका थिए । बोर्डमा छलफल नगरी अध्यक्ष चन्दसहितले गरेको उक्त सम्मेलन क्यानको आधिकारिक नभएको जिकिर विज्ञप्तिमा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *