कति पुग्यो डलरको भाउ ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा कायम रहेको छ ।
एक युरोको खरिद दर १४१ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ३६ पैसा कायम गरेको राष्ट्र बैकंले जनाएको छ ।
त्यसैगरी युके एक पाउन्डको खरिद दर १६१ रुपैयाँ १३ पैसा र बिक्रि दर १६१ रुपैयाँ ८७ पैसा, स्वीस फ्रन्सको खरिद दर १४१ रुपैयाँ ३८ पैसा र बिक्री १४२ रुपैयाँ ०३ पैसा रहेको छ ।
आइतबार एक अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ५३ पैसा र बिक्रि दर ९२ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलरको खरिद दर बढेर ९७ रुपैयाँ ७२ पैसा र बिक्री दर ९८ रुपैयाँ १८ पैसा पुगेको छ ।
यस्तै साउदी अरेवियन रियालको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्रि दर ३४ रुपैयाँ ८२ पैसा, कतारि रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ६६ पैसा र बिक्री दर ३० रुपैयाँ ८० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।