धनकुटा महोत्सवमा प्रमोद खरेलको प्रस्तुति भइरहँदा भागदौड, केही दर्शक घाइते (भिडिओ) – Nepal Press

धनकुटा महोत्सवमा प्रमोद खरेलको प्रस्तुति भइरहँदा भागदौड, केही दर्शक घाइते (भिडिओ)

धनकुटा । धनकुटामा महोत्सव अन्तर्गत सांगितक कार्यक्रममा भागदौड हुँदा केही घाइते भएका छन् । गायक प्रमोद खरेलले गीत गाइरहँदा दर्शकहरूको धकेलाधकेलका कारण भागदौड मच्चिएको बताइएको छ ।

धनकुटा बजारको टुँडिखेलमा भएको कन्सर्टमा प्रमोद खरेलको प्रस्तुतिको क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए ।

धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मी अधिकारीले आफू घटनास्थलमा भएको भन्दै अहिले बोल्ने अवस्था नभएको नेपाल प्रेसलाई बताए ।

घटनाका प्रत्यक्षदर्शी खेमराज बस्नेतका अनुसार गेट ठेलेर एक हुल मान्छे छिरेपछि सयौं दर्शक लडेका थिए । दु्ईवटा एम्बुलेन्सले घाइते बोकेको आफूले देखेको उनले बताए ।

माघ ६ देखि जारी सांगितिक कार्यक्रम उक्त घटनापछि स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर