सबै सरकारी वेबसाइटको सर्भर डाउन, उडान प्रभावित हुँदा यात्रुहरूको नाराबाजी – Nepal Press

सबै सरकारी वेबसाइटको सर्भर डाउन, उडान प्रभावित हुँदा यात्रुहरूको नाराबाजी

काठमाडौं । सर्भरमा आएको समस्याले नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिएको हो ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै पाँचवटा वायुसेवाका उडान बन्द भएका छन् ।

अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान बन्द गर्न परेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् ।

उडान बन्द भएसँगै हाल सयौँ यात्रुहरू अलपत्र परेका छन् । सर्भर विग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, थाई स्माइल र नेपाल एयरलाइन्सका विमानको उडान बन्द भएको हो ।

उडान बन्द भएसँगै तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्ने प्रबल सम्भावना देखिएको छ । ठाकुरका अनुसार अध्यागमनको सर्भरमा बेला-बेलामा यस किसिमको समस्या दोहोरिने गरेको छ ।

यस विषयमा पटक पटक गृह मन्त्रालय र अध्यागमन विभागलाई तोकेता गरेपनि समस्याको समाधान नभएको उनको भनाई छ ।

अध्यागमन विभागको समस्याग्रस्त सर्भर गृह मन्त्रालय मातहतमा रहेको छ । उडान बन्द भएसँगै हाल विमानस्थलमा यात्रुहरूले अध्यागमन विरुद्ध नाराबाजी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर