पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम दुर्गमको विद्यालयलाई दिने – Nepal Press

पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम दुर्गमको विद्यालयलाई दिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् । ।

यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गरेका थिए । उनले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गरेका थिए ।

दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले बिदाबाहेक सात दिनमा सङ्कलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर रु छ लाख चार सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गरे ।

‘आम जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दान पेटिकामा रकम हाल्न भन्यौँ, सङ्कलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ’, पर्यटनमन्त्रीले उल्लेख गरे ।

पर्यटनमन्त्रीको सचिवालयका अनुसार सङ्कलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने जनाइएको छ । उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ ।


प्रतिक्रिया

One thought on “पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम दुर्गमको विद्यालयलाई दिने

  1. यी खुद्रे काममा लागेर चर्चा बटुल्नतिर लाग्ने कि पर्यटन मन्त्रालयका विकृति, भ्रष्टाचार , कुशासन हटाउन ध्यान दिने ? मन्त्री भएपछि पनि चन्दा बाकस ठड्याएर हिडने ? वायुसेवाले सबै ऋण तिरेर, नाफामा चलेर, प्लेन थपेर गएमा तिम्रो मूल्याँकन हुन्छ । नेपालको एयरपोर्ट, हवाईभाडा विश्वमै महङ्गो छ । त्यसलाई सस्तो बनाए तिम्रो मूल्याँकन हुन्छ । सारा होटल, ट्राभल, ट्रेकिङ्, मठ, मन्दिर विकृतिका अखडा छन् । तिनको समाधान गर्ने कि बाकस थापेर बस्ने ? जनयुद्व बाकस थाप्न गरेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर