मनहरीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो – Nepal Press

मनहरीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

हेटौंडा । मकवानपुरको मनहरी ६ नयाँबस्तीमा ट्याङ्करको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

शुक्रबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवन जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको डिजल लोड ट्याङ्करले विपरित दिशाबाट आएको ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा १५ जाते का ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका तितुङको गएराति चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर र चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर