मन्त्रालयबाट निजी गाडीमा निवासतिर लागे रवि, प्रधानमन्त्रीलाई राजीनामा बुझाइँदै – Nepal Press

मन्त्रालयबाट निजी गाडीमा निवासतिर लागे रवि, प्रधानमन्त्रीलाई राजीनामा बुझाइँदै

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्वन्धी मुद्दामा दोषि ठहर भएसँगै उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने पदमुक्त भएका छन् । सर्वोच्चको फैसला आउँदा मन्त्रालयमै रहेका उनी साँझ करिब साढे ६ बजे बाहिरिए ।

मन्त्रालयबाट निस्किँदा अगाडि प्रहरीको गाडी थियो भने मन्त्री लामिछाने आफ्नो निजी गाडीमा थिए । उनी मन्त्रालयबाट मन्त्री क्वार्टर नगई निजी निवासतर्फ लागेको बुझिएको छ ।

यसैबीच रविको सचिवालयले उनको तर्फबाट प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएको छ । सचिवालय प्रमुख दिपक बोहराले राजीनामा पत्र बोकेर बालुवाटारतिर लागेका हुन् । उनी रविसँगै मन्त्रालयबाट निस्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर