सर्वोच्चले फैसला सुनाउँदै गर्दा मन्त्रालयमै थिए रवि – Nepal Press

सर्वोच्चले फैसला सुनाउँदै गर्दा मन्त्रालयमै थिए रवि

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेजको फैसला सुनाइरहँदा रवि लामिछाने गृह मन्त्रालयमै थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार साँझ साढे ५ बजे लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया पूरा नगरेका कारण उनी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन नमिल्ने फैसला सुनाएको हो ।

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचन जितेका रवि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए ।

सर्वोच्चको यो फैसलापछि लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्री सबै पद गुमेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर