निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीले गर्‍याे परिपत्र – Nepal Press

निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीले गर्‍याे परिपत्र

रुपन्देही । स्थानीय तह निर्वाचनको नतिजा तत्कालीन गठबन्धनमार्फत आफ्नो पक्षमा पारेको नेपाली कांग्रेस मंसिर ४ को निर्वाचनमा कमजोर बन्यो । संघमा ५ र प्रदेशमा १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा संघतर्फ सबै गुमायो । प्रदेशमा २ स्थानमात्र जित निकाल्न सक्यो ।

यसको कारण पत्ता लगाउन मंसिर ४ को निर्वाचनको समीक्षा प्रतिवेदन तत्काल बुुझाउन कांग्रेस रुपन्देहीले क्षेत्रीय समितिलाई परिपत्र गरेको छ । निर्वाचनलगत्तै जिल्ला कार्य समितिले क्षेत्रीय समितिमार्फत प्रदेश, नगर, गाउँपालिका हुँदै वडा तहमा बैठक गरी प्रतिवेदन तयार पार्ने र उक्त प्रतिवेदन जिल्लामा बुुझाउनुुपर्ने निर्णय गरेको थियो ।

तर, केही क्षेत्रबाट अझै पनि प्रतिवेदन नआएकाले शुक्रबार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले माघ मसान्तभित्र पठाउन निर्देशन गर्दै पत्राचार गरेको सचिव हरि काफ्लेले जानकारी दिए ।

उनका अनुसार वडा हुँदै आएको समीक्षा तथा सुुझावबारे जिल्ला कार्य समितिमा छलफल गरिनेछ । निर्वाचनमा भएका कमीकमजोरी सच्याउँदै अन्तरघात गर्नेलाई कारबाही गर्ने उद्देश्यले पार्टीले वडा तहसम्मै छलफल र बैठक हुने गरी समीक्षा प्रतिवेदन तयार पार्न लगाएको थियो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा बसेको बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्धारित समयमै गराउन र सफल बनाउन क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ । समितिमा सम्बन्धित क्षेत्रमा रहेका जिल्ला पदाधिकारी, सदस्य, प्रदेश सभापति, नगर तथा पालिका सभापति, वडा सभापति, जनप्रतिनिधि तथा पूर्वनेविसघंका सभापतिलगायत रहने व्यवस्था गरिएको छ ।

त्यस्तै यही माघ १६ गते पार्टी कार्यालय भैरहवामा सहिद दिवस मनाउने निर्णयसमेत भएको सभापति खाणले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर