जनकपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित चार जना पक्राउ – Nepal Press

जनकपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित चार जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम अहिले सार्वजनिक गरिएको छैन ।

जनकपुरधाम उपमहानगरपालिका १४ पिडारी चोकमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय जनकपुरको संयुक्त प्रहरी टोलीले प्रदेश २-०२-००१ स ०३५६ नम्बरको अटोरिक्सामा लागुऔषध फेला पारेको हो ।

आटोरिक्सालाई चेकजाँच गर्दा जुटको बोराभित्र रहेको १० वटा कार्टुनमा लागुऔषध एक्सिप्लोन (Exiplon) ४९३ बोतल फेला परेको थियो । त्यसपछि अटोरिक्सा चालक र सो कारोबारमा संलग्न तीन जनालाई दुई मोटरसाइकलसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

उक्त लागुऔषध भारतीय बजारबाट जनकपुरधाम भित्र्याएको खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *