मधेशमा जनमतका मन्त्री कुशवाहाले स्वीकारे कृषि मन्त्रालय – Nepal Press

मधेशमा जनमतका मन्त्री कुशवाहाले स्वीकारे कृषि मन्त्रालय

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय स्वीकार गर्ने भएका छन् ।

प्रदेशका सत्ता साझेदार दलहरुबीच जनमत पार्टीबाट विना विभागिय मन्त्रीको शपथ लिएका कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएको थियो । तर बिहीबार प्रदेश प्रमुख कार्यालयले कुशवाहालाई कृषि मन्त्रालय तोकेपछि जनमत पार्टीका सांसदहरु असन्तुष्टि जनाएका थिए ।

स्रोतका अनुसार मुख्यमन्त्री सरोज कुमार यादवसंगको छलफल पश्चात जनमतका मन्त्री कुशवाहाले कृषि मन्त्रालय स्वीकार्ने निर्णय लिएका छन् । उनले आजै पदभार ग्रहण गर्ने बुझिएको छ ।

मधेश प्रदेशमा १० मन्त्रालय छ । जसमध्ये नेकपा एमालेका सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय र जसपाका संजय यादव अर्थ मन्त्रालय पाएका छन् । अन्य ७ मन्त्रालय मुख्यमन्त्री यादवले स्वयं राखेका हुन् ।

केन्द्रका सत्ता साझेदार दलका शीर्ष नेताहरुले नै मन्त्रालय बाँडफाँड गर्ने भएकाले मन्त्रीपरिषद् विस्तार अनिश्चित बनेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र प्रदेशमा सरकारलाई समर्थन गरेको लोसपा पनि मन्त्री पठाएको छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर