नेपाल टी-२० लिगका प्रत्येक खेलको सूक्ष्म अनुसन्धान गर्न सीआइबीसँग सेभन थ्री स्पोर्ट्सको आग्रह – Nepal Press

नेपाल टी-२० लिगका प्रत्येक खेलको सूक्ष्म अनुसन्धान गर्न सीआइबीसँग सेभन थ्री स्पोर्ट्सको आग्रह

काठमाडौं । नेपाल टी-२० लिगमा नेपाल क्रिकेट संघसँग सहकार्य गरेको भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले म्याच फिक्सिङको घटनालाई लिएर केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)ले गरिरहेको अनुसन्धानलाई समर्थन गरेको छ । कम्पनीका प्रमुख जतिन अलुवालीयाले एक विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई लिएर उठेका विभिन्न सवालहरुमाथि १० बुँदे स्पष्टीकरणसमेत दिएका छन् ।

आफूहरु नेपालबाट भागेको र फिक्सिङमा संलग्न रहेको आरोपप्रति उनले आपत्ति जनाएका छन् । पारिवारिक कामले गर्दा प्रतियोगितापूर्व नै भारत आउनुपरेको उनको दाबी छ । आफू र अभिषेक सक्लानी सेप्टेम्बरदेखि डिसेम्बरसम्म काठमाडौंमा बसेको र प्रतियोगिताको आयोजना सुनिश्चित गरेको विज्ञप्तिमा जनाइएको छ । आफू फर्किए पनि टिमका सदस्यहरु थप १० दिन काठमाडौंमै रहेको जतिनले बताएका छन् ।

सेभेन थ्री स्पोट्र्सले प्रतियोगिताको व्यवसायीक साझेदारका रुपमा मात्र आफूहरुले भूमिका निभाएको र मुख्य आयोजक क्यान नै रहेको स्पष्ट पारेको छ । आफूहरुले उच्च गुणस्तरको प्रत्यक्ष प्रशारण निश्चित गरे पनि नेपालमा नकारात्मक पब्लिसिटीका कारण प्रायोजकहरु आकर्षित हुन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

म्याच फिक्सिङका विषयमा आफूहरुलाई जोडिएकोमा जतिनले आपत्ति जनाएका छन् । खेलाडीहरुसँग आफूहरुको प्रत्यक्ष भेट नै नभएकाले फिक्सिङमा संलग्नता हुनै नसक्ने दावी गरिएको छ ।

‘हामी सीआइबीले गरिरहेको अनुसन्धानलाई प्रशंसा र प्रोत्साहन गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी उनीहरुलाई अनुरोध पनि गछौं कि प्रत्यक म्याचलाई एकदमै मिहिन तवरबाट अनुसन्धान गरियोस ।’

हेर्नुस् विज्ञप्तिकाे पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर