सवारी प्रदुषण, सवारी सुरक्षा एवम दुर्घटना न्यूनीकरण सम्बन्धी अध्ययन गर्न कार्यदल गठन


काठमाडौं । सवारी प्रदुषण, सवारी सुरक्षा एवम दुर्घटना न्यूनीकरण सम्बन्धी अध्ययन गर्नका लागि सरकारले कार्यदल गठन गरेको छ । उपप्रधानसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै पूर्व सचिव सरदचन्द्र पौडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
समितिको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) डा.पदमबहादुर शाही, यातायात विज्ञ मधुसुदन आचार्य, आइटी इन्जिनियर विजय गौतम, यातायात व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनिधि रहेका छन् भने यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डे सदस्य सचिव रहेका छन् ।
समितिमा उपभोक्ता र यातायात व्यवसायीकोतर्फबाटसमेत प्रतिनिधित्व भएको मन्त्रालयले जनाएको छ ।