बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

२०७९ माघ १२ गते १७:१९

हेटौँडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।
सिन्धुपाल्चोकका नेपाललाई आज बागमती प्रदेशका प्रमुख यादबचन्द्र शर्माले नियक्त गरेका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम नेपाललाई नियुक्त गरेका हुन् ।
प्रतिक्रिया