भारतको गहुँ आयात प्रतिबन्धले नेपालका ८० प्रतिशत मैदा उद्योग बन्द हुने अवस्थामा – Nepal Press

भारतको गहुँ आयात प्रतिबन्धले नेपालका ८० प्रतिशत मैदा उद्योग बन्द हुने अवस्थामा

काठमाठौ । भारत सरकारले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण नेपालमा मैदा उद्योगलाई समस्या सृजना भएको छ । भारत सरकारले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको नेपाल मैदा उद्योग संघले जनाएको छ ।

मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला-साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभाव सिर्जना भएको संघले जनाएको छ ।

संघको विज्ञप्तिमा भनिएको छ, भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हँंदा मैदा/आँटाको मुल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई संघले दिँदै आएको छ ।

पछिल्लो समय बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्था छ । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्छ ।

संघले भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउन सरकारसँग माग गरेको छ । ३ महिनाको लागि ३८ वटा उद्योगलाई लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर