रुकुम (पूर्व)मा हिमपातले तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध – Nepal Press

रुकुम (पूर्व)मा हिमपातले तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम पूर्व । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् ।

सल्यान र रुकुम (पश्चिम) को बीचमा समस्या हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम रुकुम (पूर्व) ले जनाएको छ ।
विद्युत् सञ्चालको लागि काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रुकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर