स‌न्‌राइज बैंकद्वारा सीआईबीलाई बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण – Nepal Press

स‌न्‌राइज बैंकद्वारा सीआईबीलाई बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

काठमाडौं । बैंकिङ्ग पहुँच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोगँंगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको छ ।

साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर स‌न्‌राइज बैंकले “कुशल”नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए ।

उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथामार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशैभरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजालमार्फत समाजमा पु¥याएर चेतना बढाउन मदत गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर