नाजिर अभिनित ‘गुलाबी’ को पहिलो पोस्टर सार्वजनिक – Nepal Press

नाजिर अभिनित ‘गुलाबी’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलाबी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार सिनेमामा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा देखिएका छन् । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भीर भएको देख्न सकिन्छ ।

नेपालमा पहिलोपटक पूर्णरूपमा ट्रान्स स्टोरीमा निर्मित यस सिनेमाका लागि नाजिरले १६ केजी तौलसमेत घटाएका छन ।

निकट भविष्यमै रिलिज हुने सिनेमामा नाजिर गुलाबी पात्रको मुख्य भूमिकामा देखिनेछन् भने अभिनेत्री सञ्चिता लुइँटेलका साथमा शुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतका कलाकार पनि छन् ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलाबीलाई आलोक शुक्लाले छायांकन गरेका हुन् । संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर