राष्ट्रपतिबाट वसन्त पञ्चमीको शुभकामना – Nepal Press

राष्ट्रपतिबाट वसन्त पञ्चमीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना दिएकी छन् ।

वसन्त पञ्चमीको प्राकृतिक महत्व रहेको भन्दै उनले साहित्यकार र कविहरूका लागि वसन्त आफैंमा नयाँ रङ्ग र फूलहरूको उत्सव भनेकी छन् ।

‘वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै हिउँदको जाडोबाट क्रमश: न्यानो हुँदै जाने हुनाले आजको दिनले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केबल औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि भएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

‘यस पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्‍वास लिएको छु’, उनले भनेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *