इकोनोमिक मिडिया सोसाइटीले ५ पत्रकारलाई साधारण सदस्यसमेत नरहने गरी गर्‍यो कारबाही – Nepal Press

इकोनोमिक मिडिया सोसाइटीले ५ पत्रकारलाई साधारण सदस्यसमेत नरहने गरी गर्‍यो कारबाही

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले तीनवटा अनलाइन मिडियाका पाँचजना पत्रकारलाई संस्थाको साधारण सदस्यबाट निष्कासन गरेको छ ।

उनीहरुलाई संस्थाको विधान, उद्देश्य र हित तथा आचारसंहिता विपरीत व्यक्तिगत स्वार्थ बाझिने कार्य गरेको ठहर गर्दै सोसाइटीको मंगलबार बसेको बैठकले निष्काशन गरिएको इम्सनका अध्यक्ष राम राजा श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

अर्थसरोकार डकमका प्रतिनिधि सुरज प्याकुरेल, अर्थतन्त्र डटकमकी सुभद्रा थापा तथा डिल्ली सापकोटा र केटीएमभ्वाईस डटकमका रोयल आचार्य र बालकृष्ण पौडेललाई इम्सनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर