कर्णाली सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ – Nepal Press

कर्णाली सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । वुधबार नियुक्त भएका मन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

शर्मा मुख्यमन्त्री बनेको करिब दुई सातापछि सरकारलाई पूर्णता दिएका हुन् । आज शपथ लिने मन्त्रीहरुमा एमालेबाट सामाजिक विकास मन्त्रालयका टेकराज पछाई, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका जितबहादुर मल्ल रहेका छन् ।

त्यस्तै, माओवादीबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण बहादुर जीसी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा भीमप्रकाश शर्मा नयाँ मन्त्री थपिएका हुन् ।

यसअघि एमालेबाट आर्थिक मामिता तथा योजना मन्त्रालय विनोद कुमार शाह र माओवादीबाट भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयका मंगल बहादुर शाहीले पुस २८ गते मुख्यमन्त्री राजकुमार शर्मासँगै शपथ ग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर