प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारको निर्णय (भिडिओ) – Nepal Press

प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारको निर्णय (भिडिओ)

छानबिनको जिम्मा गृह मन्त्रालयलाई

काठमाडौं । सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनलाई प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमा लगेको थियो ।

तर उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो । उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गर्दै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।

आज बिहान गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा आचार्यका परिवारसँग भेट गर्दै प्रेमले उठाएका विषयमा सरकारले छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर