कर्णाली प्रदेशको मन्त्रिमण्डलले पायो पूर्णता – Nepal Press

कर्णाली प्रदेशको मन्त्रिमण्डलले पायो पूर्णता

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। कर्णाली प्रदेशमा नेकपा मोओवादी केन्द्र र एमालेबीच सहमति हुँदा मन्त्रीपरिषद्ले पूर्णता पाएको हो ।

मोओवादीका सुर्खेतबाट निर्वाचित कृष्ण बहादुर जिसी कानुन मन्त्रालय, मुगुबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र सल्यानका भीम प्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, नेकपा एमालेबाट कर्णाली प्रदेशमा डोल्पाबाट निर्वाचित जितबहादुर मल्ल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जुम्लाबाट टेकराज पछाई मन्त्री सामाजिक विकास मन्त्रालय, दैलेखबाट बिनोदकुमार शाह आर्थिक मामिला तथा कानुन मन्त्रालय दिने सहमति हो । नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण गर्ने तयारी रहेको छ ।

यस्तो बन्यो मुख्यमन्त्री राजकुमार शर्माको टिम

कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्मा, विनोद कुमार शाह आर्थिक मामिला तथा योजना मन्त्रालय, मंगल बहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय, भिम प्रकाश शर्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृष्ण बहादुर जिसी आन्तरिक मामिला तथा कानुन मन्त्रालय, टेकराज पछाई सामाजिक मन्त्रालय, जीतबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर