राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश – Nepal Press

राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५८ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बैंकको वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए ।

उक्त अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार-२०७९ विमोचन, पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार समेत घोषणा गरिएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७९ पुस मसान्तसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैंया कर्जा लगानी गरेको पनि जनाएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर