कर्णालीमा हिमपातपछि पहिरो, राजमार्ग अवरुद्ध – Nepal Press

कर्णालीमा हिमपातपछि पहिरो, राजमार्ग अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्गमा हिमपातपछि पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडक खण्ड अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका-४ राचुलीस्थित हिमपातपछि पहिरो जाँदा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । वुधबार ११ः४५ बजे पहिरोले राजमार्ग अवरुद्ध भएको उनले बताए ।

उनका अनुसार जुम्लाबाट नेपालगन्जतर्फ जाँदै गरेको वागमती प्रदेश २९५८ नम्बरको मिनी बस गाडी पहिरोमा फसेको छ । नाग्मको प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको रिमालले जनाकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *