बेल्जियमको लागि भिसा आवेदन नलिने जर्मनी दूतावासको घोषणा – Nepal Press

बेल्जियमको लागि भिसा आवेदन नलिने जर्मनी दूतावासको घोषणा

काठमाडौं । काठमाडौंस्थित जर्मनी राजदूतावासले बेल्जियमको भिसा आवेदन नलिने जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै आगामी मार्च १ देखि बेल्जियम मुख्य गन्तव्य स्थल रहेका भिसा आवेदनहरुको ‘प्रोसेस’ नगर्ने जनाएको हो ।

नेपालमा बेल्जियम दूतावास नभएको हुँदा हालसम्म जर्मनी दूतावासले बेल्जियमको भिसा आवेदन लिँदै आएको थियो । अब जर्मन दूतावासले उक्त प्रक्रिया नगर्ने स्पष्ट पारेको छ ।

के कारणले प्रोसेस रोकिएको भन्नेबारे दूतावासले सूचनामा उल्लेख गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर