राष्ट्रपतिमा राष्ट्रिय सहमति चर्चाबारे ओलीको प्रतिक्रिया- मलाई यो कुरामा धेरै नजिस्काउनुस् ! (भिडिओ) – Nepal Press

राष्ट्रपतिमा राष्ट्रिय सहमति चर्चाबारे ओलीको प्रतिक्रिया- मलाई यो कुरामा धेरै नजिस्काउनुस् ! (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिबारे आफ्नो धारणा राखिसकेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलबाट एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेर फर्किने बेलामा सञ्चारकर्मीहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा हुँदैछ नि भन्ने प्रश्नमा उनले भने, ‘मलाई यो कुरामा धेरै नजिस्काउनुस् न तपाईंहरू जतिबेला भेट्यो त्यतिबेला जिस्क्याउनुहुन्छ तपाईंहरू । मैले भन्ने कुरा भनिसकेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहेका छन् । कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णयका साथ तयारी थालिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमतिको प्रयास गर्छु भन्दै गर्दा ओलीले एमालेले उठाएको उम्मे्दवारमा राष्ट्रिय सहमति हुनुपर्ने तर्क राखेका थिए ।

सभामुखको निर्वाचनपछि ओलीले भनेका थिए, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । यसमा राष्ट्रिय सहमति हुन्छ । एमालेको उम्मेदवार को हुन्छ भन्नेमा पछि भनौँला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर