ओलीको टिप्पणी- कांग्रेसमा विचारको बहस हुँदैन, रास्वपा मौसमी – Nepal Press

ओलीको टिप्पणी- कांग्रेसमा विचारको बहस हुँदैन, रास्वपा मौसमी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमा कहिल्यै विचारको बहस नहुने दाबी गरेका छन् ।

एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय पार्टीहरुको गन्तव्य नै नभएको बताए ।

उनले भने, ‘अरु पार्टीमा विचारका बहस हुँदैन। नेपाली कांग्रेसले महाधिवेशन गर्यो। महाधिवेशनमा कुुनै दस्तावेज पेश भएन । देशको अवस्थाको बारेमा चर्चा भएन। महाधिवेशनमा देश र जनताको समस्याबारे बहस भएन । उहाँहरुको छलफल सभापति र महामन्त्री को बन्ने भन्ने मात्रै छलफल भयो । देशलाई के चाहिएको छ भन्ने छलफल भएन। मलाई केन्द्रीय सदस्य चाहिएको छ भन्ने कुरा भयो ।’

अहिले कतिपय पार्टीहरु केका लागि खोलेको पनि थाहा नभएको उल्लेख गर्दै समी असन्तुष्टिलाई उपयोग गरेको दाबी गरे । उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै मौसमी खालको पार्टी भएको जिकिर गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *