‘कमेडियन राष्ट्रपति बन्दा युक्रेनको हालत देखियो, नेपालमा पनि त्यस्तै शक्ति उदाए’ (भिडिओ) – Nepal Press

‘कमेडियन राष्ट्रपति बन्दा युक्रेनको हालत देखियो, नेपालमा पनि त्यस्तै शक्ति उदाए’ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय पुराना नेता र सरकारको आलोचना गरेर उदाएको बताएका छन् ।

एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले दुई खालका पार्टीहरू सतहमा देखिए । एउटा पपुलिष्टहरू उनीहरूको खास आइडोलोजी देखिँदैन । तर, हिजोको सत्ता, सरकार, पार्टी र नेताहरूलाई आलोचना गरेर आएका छन् ।’

रास्वपा सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै उनले आलोचना र असन्तुष्टिको जगमा खडा भएका पपुलिजम, लोकप्रियतावादी शक्ति भएको उनको टिप्पणी छ ।

उनले भने, ‘पछिल्लो समय उदाएकाहरू भोलि कुन ढंगले अगाडि बढ्छन् । हामीले केही समय पर्खिनुपर्नेछ । यहाँ मात्रै नभएर अन्य देशमा पनि यस्ता शक्ति उदाएर पछि ठूलो समस्या निम्त्याएका छन् । त्यसको पछिल्लो उदाहरण युक्रेन हो । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की एउटा टिभी सोका कमेडियन थिए । तर, अहिले उनी राष्ट्रपति भएपछिको नीतिहरूले युक्रेनलाई कहाँ पुर्‍याएको छ ।’


प्रतिक्रिया

One thought on “‘कमेडियन राष्ट्रपति बन्दा युक्रेनको हालत देखियो, नेपालमा पनि त्यस्तै शक्ति उदाए’ (भिडिओ)

  1. मलाई त त्यस्तो लाग्दैन म त अक्षम र असक्षम मात्रै मा फरक देख्छु….मदन कृष्ण र हरिवंश हरु अहिले को कैयौ नेता भन्दा सक्षम dekchhuma त तर पनि मैले आदर गर्ने नेता मा पर्नु हुन्छ प्रदीप जी….
    दिनेश जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *