प्रदीपको टिप्पणी- एमालेलाई प्रायोजितरूपमा विभाजित गर्नेहरूले औचित्य पुष्टि गर्न सक्दैनन् (भिडिओ) – Nepal Press

प्रदीपको टिप्पणी- एमालेलाई प्रायोजितरूपमा विभाजित गर्नेहरूले औचित्य पुष्टि गर्न सक्दैनन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई लक्षित गर्दै प्रायोजित ढंगले एमालेलाई विभाजित गरेको आरोप लगाएका छन् ।
एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले कैयौंपटक विभाजनको मार खेप्नुपरेको बताए ।

उनले भने, ‘कतिपय साथीहरू यहाँबाट पलायन पनि भएका छन् । कम्युनिष्ट आन्दोलन र समाजका राम्रा पक्षहरूलाई समेट्दै देशको मुख्य शक्तिको रूपमा निर्माण भएको छ । कतिपयले विभाजनको बाटोले कहीँ पुर्‍याउँदैन । विभाजनको औचित्य पुष्टि गर्न सकिँदैन । त्यसकारण फर्केर आफ्नो घरलाई बलियो बनाउनुपर्छ पार्टी निर्माणमा फर्किएका छन् ।’

पार्टी संकटविरुद्ध पाँचदलीय गठबन्धन, अदालत, देशभित्र र देशबाहिरका विभिन्न शक्तिकेन्द्र लागेर एमालेविहीन राज्य बनाउने मिसनको बेलामा एमालेमा प्रवेश गर्नेहरूप्रति ज्ञवालीले आभार व्यक्त गरे । उनले कम्युनिष्ट भनेर कांग्रेस पहिलो पार्टी हुँदा खुसी मनाउनेहरूप्रति कटाक्ष गरे ।

नेकपा एसलाई संकेत गर्दै भने, ‘कम्युनिष्ट भन्नेहरूले नै कांग्रेस पहिलो पार्टी बन्दा खुसी मनाउँछन् । अस्ति सभामुखको निर्वाचनमा पनि कांग्रेसले अघि सारेको उम्मेदवारलाई भोट हाले ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर